अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 12:37

विश्वभर कोरोना (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या करिब १ लाख २० हजार, १९ लाख २३ हजार संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १ गते २२:२२ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब १ लाख २० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण १ लाख १९ हजार ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २४ हजार ६ सय नाघेको छ ।

कोरानाका कारण सबैभन्दा बढी मृत्यु र संक्रमण अमेरिकामा भएको छ । त्यहाँ २३ हजार ६ सय ४० भन्दा बढीको मृत्यु हुँदा संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ९ सय भन्दा वढी पुगेको छ । अमेरिकामा ४ लाख ४५ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ५१ हजार ७ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा इटालीमा २० हजार ४ सयभन्दा धेरै रहेका छन् भने स्पेनमा मृतकको संख्या १७ हजार ७ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ७० हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार भन्दा बढी रहेको छ ।

कोरोना संक्रमणका कारण फ्रान्समा मृतकको संख्या १४ हजार ९ सय बढीको मृत्यु भएको छ । बेलायतमा ११ हजार ३ सयभन्दा बढीको ज्यान जाँदा इरानमा मृतकको संख्या ४हजार ५ सय नाघेको छ । चीनमा भने मृतकको संख्या ३३ सय ४१ मा रोकिएको छ । जर्मनीमा मृत्यु हुनेको संख्या ३ हजार १ सय नाघ्दा बेल्जियममा ३ हजार ९ सय भन्दा बढी र नेदरल्याण्डस्मा २ हजार ८ सय नाघेको छ ।

भारतमा कोरोना भाईरसबाट ३ सय ५८ जनाको मृत्यु हुँदा १० हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । भारतमा १ हजार २ सय ४८ जना पछिल्लो २४ घन्टामा नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू