अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६
| Colorodo: 06:11
इटलीमा लकडाउनको समय आगामी मे ३ सम्मका लागि थप गरिएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय भएको जानकारी दिनुभएको हो ।
इटलीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो । यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो । पछि यो लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो अझै पनि इटलीमा कोभिड–१९ को महामारी नरोकिएको कारण यसलाई थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको हो ।