अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 04:02

विश्वभर कोरोना भाइरसबाट ८८ हजार ४ सय भन्दा बढीको मृत्यु, १५ लाख १८ हजार ५ सय १८ संक्रमित

बिआरटीनेपाल २०७६ चैत २६ गते ७:०९ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । बिहीवार विहान सम्म संक्रमणका कारण ८८ हजार ४ सय ९५ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म १५ लाख १८ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने ३ लाख ३० हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण सवैभन्दा बढी इटालीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख ३९ हजार ४ सय २२ जना संक्रमित भएका छन् । स्पेनमा १४ हजार ७ सय ९२ जनाको ज्यान जाँदा १ लाख ४८ हजार २ सय २० जनामा संक्रमण देखिएको छ । संयुक्त राज्य अमेरिकामा १४ हजार ७ सय ८८ जनाको ज्यान गएको छ । त्यहाँ ४ लाख ३४ हजार ९ सय २७ जनामा संक्रमण भेटिएको छ ।

फ्रान्समा १० हजार ८ सय ६९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख १२ हजार ९ सय ५० जनामा संक्रमण फेला परेको छ । बेलायतमा ७ हजार ९७ जनाको ज्यान गएको छ र ६० हजार ७ सय ३३ जनामा संक्रमण देखिएको छ । इरानमा ३ हजार ९ सय ९३ र चीनमा ३ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा २ हजार ३ सय ४९ र बेल्जियममा २ हजार २ सय ४० जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी १ सय ७८ जनाको ज्यान गएको छ भने ५ हजार ९ सय १६ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ६१ जनाको ज्यान जाँदा ४ हजार २ सय ६३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा २० , अफगानिस्तानमा १४, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा १९, नेपालमा ९ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू