अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 03:59

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार

बिआरटीनेपाल २०७६ चैत २५ गते २२:२० मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएको छ । कोरोना संक्रमित प्रधानमन्त्री जोनजोन अहिले सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ । अक्सिजन दिएर उपचार भइरहेको उहाँमा निमोनिया नभएको र उहाँको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।

महारानी एलिजाबेथले प्रधानमन्त्री जोनसनको स्वास्थ्य लाभको कामना गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ भने संक्रमितको संख्या ५० हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू