अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 18:53

कोरोना संकट– सचेत रहन बेलायतका प्रधानमन्त्री जोनसनको आग्रह

बिआरटीनेपाल २०७६ चैत १६ गते ७:३८ मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसका कारण अझै खराब दिन आउनसक्ने भन्दै सचेत हुन देशवासीलाई अपील गर्नुभएको छ ।

कोराना भाइरस सङ्क्रमणका कारण आफै एकान्तवासमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायतका सबै घरधनीलाई घरभित्रै रहन आग्रहसहितको पत्र पठाउँदै आवश्यक परे अझँै कडा प्रतिबन्ध लगाउन सकिने चेतावनी दिनुभएको हो ।

सरकारी नियम र स्वास्थ्य सम्बन्धि जानकारी भएको पर्चा घर घरमा छाडिएको हो । पत्रमा कोरोना भाइरसबाट अहिलेसम्म बेलायतमा भएको मृतक र संक्रमितको संख्या पनि उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गत हप्ता मात्र ब्रिटेनले दुई जनाभन्दा बढी मानिस सार्वजनिक भेला हुन नपाउने, अनावश्यक सामान बेच्न पसल खोल्न नपाइने जस्ता प्रतिबन्धात्मक आदेश जारी गरेको थियो ।

भाइरसको संक्रमण र मृतकको संख्या दुई हप्तासम्म बढ्ने भएकाले सामाजिक दूरी र दैनिक जीवनको प्रतिबन्ध पालना गर्नु जरुरी रहेको जोनसनले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू