अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 16:44

ब्राजिलमा पहिरोका कारण कम्तिमा २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ फागुन २१ गते ५:५३ मा प्रकाशित

भीषण वर्षा र त्यसपछि गएको पहिरोका कारण ब्राजिलमा कम्तिमा २३ जनाको ज्यान गएको छ । अरु ३० जना बेपत्ता रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलको साओ पाउलो र रियो दी जेनेरियोका तटीय क्षेत्रमा वर्षा तथा पहिरोले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । बेपत्ताहरुका खोजीमा उद्धारकर्मी लागेका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

साओ पाउलो पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सो राज्यमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक आमा र उनको सन्तान तथा दुई उद्धारकर्मी पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू