अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७
| Colorodo: 09:02
अफगानिस्तानमा राष्ट्रपति असरफ घानी पुनः निर्वाचित भएपछि उहाँका निकटतम् प्रतिद्वन्द्वी अब्दुला अब्दुल्लाले चुनावी नतिजा अस्वीकार गर्नुभएको छ । अफगानिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घन्टापछि घानीका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गर्नुभएको हो ।
उहाँले चुनावमा आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा समावेशी सरकार गठन गर्नुपर्ने माग राख्नुभएको छ । चुनावी नतिजामा वर्तमान राष्ट्रपति असरफ घानीले कुल खसेको मतको ५०.६ प्रतिशत र अब्दुल्ला अब्दुल्लाले ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् । विद्रोही तालिबानको अवरोधकाबीच निर्वाचन सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेको थियो ।