अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 00:42

बुर्किना फासोमा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ माघ २० गते ०:३० मा प्रकाशित

उत्तर अफ्रिकी देश बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । मोटरसाइकलमा आएका हतियारधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । बानी नगरपालिकाको गाउँमा शनिबार राति आक्रमण भएको समाचार संस्था एएफपीले जनाएको छ । एक हप्ताअघि बिद्रोही समूहले सिग्गाड्जी बजारमा गरेको आक्रमणमा ३९ जनाको ज्यान गएको थियो ।

बुर्किना फासोको साहेल क्षेत्रमा पछिल्लो केही महिनादेखि बिद्रोही आक्रमण बढ्दै गएको छ । आक्रमणपछि फ्रान्सले साहेल क्षेत्रमा थप ६०० सैनिक पठाउने घोषणा गरेको छ । हाल बुर्किना फासोमा पाँच हजार भन्दा बढी फ्रान्सेली सैनिक छन् ।

गएको वर्ष (सन् २०१९) मा बुर्किना फासोमा हिंसामा परी ज्यान गुमाउनेको संख्या चार हजार भन्दा बढी पुगेको थियो । यो सन् २०१२ यताकै ठूलो मानवीय क्षति हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू