अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

मोहम्मद अल्लवी इराकका नयाँ प्रधानमन्त्री नियुक्त, आन्दोलनकारी भएनन् मत्थर

बिआरटीनेपाल २०७६ माघ १९ गते १:४८ मा प्रकाशित

इराकमा बार्हम सालिहले मोहम्मद तौफिक अल्लवी नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । लामो समयदेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला राष्ट्रपति बार्हम सालिहले अल्लवीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

तर आन्दोलनकारीले भने नवनियुक्त प्रधानमन्त्रीले आफूहरुले उठाएका एजेण्डा सम्बोधन गर्न नसक्ने भन्दै विरोध प्रदर्शन गरीरहेका छन् । नवनियुक्त प्रधानमन्त्रीकै विरोधमा राजधानी बगदादलगायत दक्षिणी प्रान्तहरुमा विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इराकको संसदले राष्ट्रपतिलाई दवाव दिएपछि प्रधानामन्त्री नियुक्त भएपनि आन्दोलन थप चर्किएको छ । गत अक्टोबरदेखि सरकार विरोधी प्रदर्शनका कारण अडेल अब्दुल महदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हिंसात्मक घटनाहरु भइरहेका छन् ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै अल्लावीले आम जनताको भावनाको कदर गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय