अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 22:57

भारत लखनऊमा हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको गोली प्रहार गरि हत्या

बिआरटीनेपाल २०७६ माघ १९ गते १:३५ मा प्रकाशित

भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली प्रहार गरि हत्या गरिएको छ । रणजीत बच्चन आफ्ना भाइका साथ मर्निङ वाकमा गइरहेका बेला गोली प्रहार गरि हत्या भएको हो । रणजीतका भाइलाई पनि गोली लागेको छ र उनको उपचार भइरहेको छ ।

लखनऊका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार आइतबार बिहान ६ बजे रणजीत मर्निङ वाकका लागि निस्केका थिए । मोटरसाइकलमा आएका हमलाकारीले गोली प्रहार गरेलगत्तै घटनास्थलमा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू