अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

डा. स्वर्णिम वाग्लेसँग अन्तरकृया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ भदौ १ गते १८:०५ मा प्रकाशित

कोलोराडो । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति कोलोराडोको आयोजनामा डा. स्वर्णिम वाग्लेसँग अन्तरकृयाको कार्यक्रम वेष्टमिनिस्टरको म्यारिओट होटेलमा सम्पन्न भएको छ । कार्यक्रममा कोलोराडोको विभिन्न सघ संस्थाका पदाधिकारी लगायत बाक्लो जनसमुदायको उपस्थिति रहेको थियो ।

नेपालको अर्थतन्त्र राजनीति र सामाजिक विषयमा भएको यथार्थ चित्रण गर्दै कार्यक्रमको पहिलो चरण डा वाग्लेले नेपालमा आन्तरिक र बाह्य दुवै क्षेत्रमा बसाई सराइले नेपालका कैयौँ भू-भाग रित्तिनै गएको र सबल र सक्षम जनशक्ति नहुने अवस्था आउन सक्ने, राजनीतिमा शुद्धीकरण गर्नु पर्ने, खर्चिलो चुनावी प्रकृयाले भष्ट्राचारले प्रशय पाउने गरेको, देशलाई दिशा निर्देश गर्ने कारक तत्त्व सरकार प्रशासन र निर्माण व्यवसायीमा भएको विकृति विसङ्गतिलाई शुद्ध गर्नु पर्ने, प्रवासमा रहेका नेपालीले पनि बेतिथिको खबरदारी गर्दै सकृय भूमिका निर्वाह गर्नु पर्ने, निजी क्षेत्रलाई लगानीको लागि झन्झटिलो प्रक्रियालाई सुधार गरी सरल र छिटो बनाउनु पर्ने र नीति नियम बुझेको क्षमतावान् नेतृत्वले मात्र देशलाई निकास दिन सक्ने जस्ता धारणा राख्नु भएको थियो ।

कार्यक्रमको दोस्रो भागमा सहभागीसँग विभिन्न समसामयिक विषयमा अन्तर्कृया गरिएको थियो । अन्तर्कृयामा १२ जनाको प्रश्नको उत्तर डा वाग्लेले दिनुभएको थियो । २५ जनाले प्रश्न सोध्न नाम टिपाए पनि समयको अभावमा १२ जनाको मात्र प्रश्न लिइएको थियो ।

कार्यक्रमको अन्तमा नव गठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समितिका पदाधिकारीको परिचय र कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने कार्यक्रम सञ्चालक निशा पाठक, सञ्चारकर्मी शैलेश पोखरेल, छायाँकार भरत श्रेष्ठ र ध्वनि प्रविधिका सुमित महर्जनलाई सम्मान पत्र वितरण गरिएको थियो । आयोजक तथा प्रवास सम्पर्क समितिका अध्यक्ष दीपक सुनुवारले उपस्थित सबैलाई धन्यवाद सहित कार्यक्रमको समापन गरिएको थियो। उक्त कार्यक्रमको सम्पूर्ण भाग brtnepal.com को फेसबुक पेजबाट प्रसारण गरिएको थियो ।

Live Video

 

प्रतिक्रिया