अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२
| Colorodo: 03:37
रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान भएको छ । रुसले आफ्नो हिरासतमा राखेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित आठ जना रुसी बन्दीलाई टर्कीले रिहा गरेको छ । टर्की सरकारले विज्ञप्ति निकालेर २४ जना कैदीबन्दी आदानप्रदान भएको पुष्टि गरेको हो ।
पछिल्लो कैदी बन्दी आदान प्रदानलाई अहिलेसम्मकै ऐतिहासिक कदम भन्दै चौतर्फी प्रशंसा भइरहेकाे बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटीनसहितका अधिकारीले फर्किएका रुसीलाई विमानस्थालमा स्वागत गरेका छन् ।
वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको केही हप्तापछि नै उहाँको पनि रिहा भएको छ । रुसले छाडेका बन्दीमा १३ जना जर्मनी र तीन जना अमेरिका फर्किएका छन् ।