अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 03:45

बंगलादेशमा फेरिआन्दोलन शुरु

बिआरटीनेपाल २०८१ साउन १७ गते ६:२९ मा प्रकाशित

बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।उत्तर–पूर्वी शहर सिल्हेटका एक अधिकारीले प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुतर्फ अश्रुग्यास छर्न बाध्य भएको बताएका छन् ।

राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ । रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । यस्तै झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका हुन् । उनीहरूले सामुहिक हत्या, पक्राउ, आक्रमण तथा बेपत्ता पार्ने कामविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

यसैबीच, बङ्गलादेश सरकारले जमात ए इस्लामी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कट्टरपन्थी पार्टी जमात ए इस्लामीले विद्यार्थी आन्दोलनको फाइदा उठाएको प्रधानमन्त्री शेख हसिना सरकारले आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू