अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 04:42

लेबनानमा फुटबल खेलिरहेका बच्चाहरुमाथि रकेट प्रहार हुँदा १२ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ साउन १३ गते ६:१३ मा प्रकाशित

एक फुटबल मैदानमा भएको रकेट प्रहारका कारण १२ जना बालबच्चाहरुले ज्यान गुमाएका छन्। लेबनानको गोलान हाइट्समा एक फुटबल मैदानमा खेलिरहेका बच्चाहरुमाथि रकेट प्रहार हुँदा १२ बालबच्चाहरुको ज्यान गएको हो। इजरायलले रकेट आक्रमण हिजबुल्लाहले गरेको दाबी गरेको छ भने हिजबुल्लाहले इजरायलको रकेट आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएको जनाएको छ।उक्त आक्रमणपछि इजरायलको वायु सेनाले भने लेबनानमा हिजबुल्लाह रहेको स्थानमा भिषण आक्रमण गरेको दाबी गरेको छ। इजरायलले शनिबार मजदल शम्सको ड्रज टाउनमा भएको आक्रमणको दोष भने लेबनानको उग्रवादी समूहलाई दिएको छ। उक्त उग्रवादी समूह हिजबुल्लाहले भने कुनै पनि आक्रमण आफूहरुले नगरेको दाबी गरेको छ। शनिबारको घटनापछि आइतबार आइडीएफले भने लेबनानभित्रका ७ हिजबुल्लाहा रहेको स्थानमा हवाइ आक्रमण गरेको जनाएको छ। यद्यपि, उसले कसैको हताहत भएको विषयमा भने जानकारी नभएको जनाएको छ।

पछिल्लो समय बढ्दो युद्धबीच हिजबुल्लाह र इजरायलबीच नयाँ युद्ध सुरु हुने सम्भावना रहेको छ। दुई पक्षबीच गत अक्टोबरमा इजरायल–गाजा युद्ध शुरु भएयता नियमित जसो गोलाबारी हुँदै आएको छ। गाजामा केही समयअघि इजरायलले एक स्कुलमा आक्रमण गर्दा ३० व्यक्तिको मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार फुटबल मैदानमा भएको रक्तपातपूर्ण आक्रमण इजरायलले उत्तरी सीमा तथा आसपासमा ७ अक्टोबरमा हमासद्वारा इजरायलमा आक्रमण गरेयताकै घातक रहेको जनाएको छ।

हिजबुल्लाहविरुद्धको लडाइँमा पछिल्लो पटक ब्यापक रुपमा वृद्धि भएको छ। हमासले इजरायलमा आक्रमण गरेको अर्को दिन हिजबुल्लाहले इजरायलमा रकेट प्रहार गर्दै प्यालेस्टाइनको साथ दिएको र उसको साथमा रहेको बताएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबारको आक्रमणपछि हिजबुल्लाहमाथि ठूलो कारवाही हुने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघले भने एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिक्तम संयमित हुन आग्रह गरेको छ। हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले आफूहरुले आक्रमण गरेको कुराहरु अफहवा भएको बताएको छ। उसले आक्रमण इजरायलको एक रकेटले गरेको उनीहरुको दाबी छ। इजरायलको विदेश मन्त्रालयले मारिएका १० जनाको नाम र उमेर जारी गरेको छ। जसमा उनीहरु १० देखि १६ वर्षबीचका बच्चाहरु रहेको जनाइएको छ। यद्यपि, अझै कति हताहत भए भनेर यकीन भने भएको छैन। तर भिडियोहरुमा फुटबल मैदानमा मानिसहरुको भीड देखिएको थियो। कतिपयलाई स्ट्रेचरमा राखेर एम्बुलेन्समा अस्पताल लगिएको थियो। मजदल शम्स गोलान हाइट्स को चार गाउँमध्ये एक हो। त्यहाँ धार्मिक र जातीय समूहका करिब २५ हजार सदस्य रहने गरेका छन्।

लेबनान सरकाले पनि नागरिकहरुमाथि हुने कुनै पनि आक्रमण र हिंसा निन्दनीय भएको बताएको छ। सरकारले शत्रुहरुलाई परास्त गर्नुपर्ने बताएको छ। उनीहरुले नागरिकहरुमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन्। अमेरिका र युरोपियन युनियनले पनि घटनाको निन्दा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू