अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

ओलम्पिक उद्घाटनअघि फ्रान्सको रेलवे सञ्जालमा आक्रमण

बिआरटीनेपाल २०८१ साउन ११ गते ७:१४ मा प्रकाशित

फ्रान्समा ओलम्पिक खेलको ओपनिङ समारोह सुरु हुन केही घण्टाअघि फ्रान्सको तीव्र गतिको रेलवे नेटवर्कमा हमला भएको छ। कयौं रेल्वे लाइनमा तोड्फोड गर्दै तारहरु जलाइएका छन्। रेल्वे लाइनमा कसले र किन आक्रमण गरेको भन्ने जानकारी अहिलेसम्म गराइएको छैन।फ्रान्सको नेशनल रेल्वे कम्पनी (एसएनसीएफ) का अनुसार आक्रमण भएको आधाघण्टाभित्र पेरिसदेखि आउने र जाने कयौं ट्रेनहरु रद्द गरिएका छन्। भने सयौं ट्रेन ९० मिनेटसम्म ढिला चले। आक्रमणका कारण आज करिब २ लाख ५० हजार यात्रुहरु प्रभावित भएका छन्। जबकि यो पुरै हफ्ताभरीमा करिब ८ लाख यात्रुहरुलाई असर गर्न सक्ने जनाइएको छ।

प्रधानमन्त्री गेब्रियल अट्टलले ओलम्पिकमा बाधा पुर्‍याउने उद्धेश्यले आक्रमण गरिएको बताउनुभएको छ। पेरिसमा आज राति ११ः१५ बाट उद्घाटन समारोह सुरु हुँदै छ। प्रतियोगिता २६ जुलाईदेखि ११ अगस्टसम्म सञ्चालन हुँदै छ। यो महाकुम्भमा २ सय ६ देशका १० हजार ५ सय खेलाडीले भाग लिँदै छन् जहाँ नेपालका पनि ७ खेलाडी सहभागि हुँदै छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू