अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

गएको सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च

बिआरटीनेपाल २०८१ साउन १० गते ६:१० मा प्रकाशित

गएको सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च रहेको पाइएको छ । युरोपेली युनियनको मौसम अनुसन्धान केन्द्रका अनुसार गएको आइतवार पनि तापक्रमले अहिलेसम्मको रेकर्ड तोडेकोमा सोमवार फेरि अर्को रेकर्ड बनेको हो । गएको सोमवार अर्थात् जुलाई २२ मा औसत विश्वव्यापी तापक्रम १७ दशमलव १५ डिग्री सेल्सियस पुगेको थियो । आइतjfरको विश्वव्यापी औसत तापक्रम १७ दशमलव शून्य नौ डिग्री सेल्सियस पुग्दा पनि रेकर्ड बनेको थियो ।

युरोपेली युनियनको कोपरनिकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुओन्टेम्पोले सन् २०२३ को जुलाई ६ तारिखमा विश्वको औसत तापक्रम १७ दशमलव शून्य आठ डिग्री सेल्सियस रहेकोमा १३ महिनाकै बीचमा तापक्रममा यति ठूलो भिन्नता आउनु आश्चर्यजनक कुरा भएको बताउनुभएको छ । जलवायु परिवर्तन बढ्दै जाँदा भविष्यका महिना र वर्षहरूमा नयाँ रेकर्डहरू देख्न बाध्य हुने पनि उहाँले बताउनुभएको छ । पृथ्वीको उत्तरी गोलार्धमा गर्मी बढ्दै जाँदा यसको असर विश्वभर देखिन थालेको खबरमा उल्लेख छ ।

अन्टार्कटिका र आर्कटिकमा समुद्री बरफको क्षति र समुद्री सतह बढ्दै गइरहेकाले भविष्यमा झनै जोखिमहरू आउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । तापक्रम अत्यधिक बढाउन भूमिका खेल्ने एल निनो प्रणाली यस वर्षको शुरुमै सकिएको थियो तर त्यसको असर अहिले पनि देखिइरहेको छ । सन् २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुनसक्ने सङ्केत देखिएको वैज्ञानिकहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू