अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८
| Colorodo: 12:33
चीनमा एउटा पुल भत्किएर नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । घटनामा तीस जनाभन्दा बढीलाई नदीले बगाएको छ । उनीहरुको खोजी कार्य जारी छ ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सानक्सी प्रान्तको साङ्लुओ नदी माथिको पुल अविरल बर्षाका कारण भत्केको हो । पुलमाथि गुडिरहेको २० भन्दा बढी सवारी साधन नदीमा खसेकोमा केहीले भने पौडेर ज्यान जोगाएका छन् । नदीले केही सवारीसाधनलाई समेत बगाएको छ ।
३ वर्षअघि मात्रै बनेको उक्त पुल नयाँ भएतापनि बाढीका कारण क्षतिग्रस्त भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा सबै नदीमा खसेका गाडीमा सवारहरु रहेका छन् । हराएकाहरुको खोजीका लागी एक सयभन्दा बढी उद्धारकर्मीहरु परिचालन गरिएको छ । यद्दपी अविरल वर्षाका कारण उद्धारकार्य प्रभावित भएको छ । घटनाका कारण पुलका अधिकांश भाग टुक्रिएको छ ।