अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 08:38

डोनाल्ड ट्रम्पसँग काम गर्न सहज नहुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

बिआरटीनेपाल २०८१ साउन ४ गते ८:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेमा उहाँसँग काम गर्न सजिलो नहुने बताउनुभएको छ ।राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको तर विगतका अनुभवमा ट्रम्पसँग काम गर्न सहज नहुने बताउनुभएको बीबीसीले जनाएको छ । केही दिनअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाएका ओहायोका सिनेटर जेडी भान्सले युक्रेनको विषयमा चासो नराख्ने र युद्धका लागि आर्थिक सहयोग पनि नगर्ने प्रतिक्रिया दिनुभएको थियो ।

यस्ता गतिविधि र प्रतिक्रियाले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशङ्का बढेको छ । तर राष्ट्रपति जेलेन्स्कीले युक्रेनबारे स्पष्ट गराएर अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताउँदै आउनुभएको छ । अहिले बेलायतमा रहनुभएका जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टाररसँग भेट गरिसक्नुभएको छ । प्रधानमन्त्री स्टाररले सकेसम्म युक्रेनको पक्षमा रहने प्रतिक्रिया दिनुभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू