अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

बंगलादेशमा रोजगारी कोटाको विरोधमा प्रदर्शन

बिआरटीनेपाल २०८१ साउन १ गते ५:५७ मा प्रकाशित

बंगलादेशमा रोजगारी कोटाको विरोधमा भएको प्रदर्शनमा १ सय बढी घाइते भएका छन् । बंगलादेशको सत्तारुढ दल समार्थित र सरकारी जागिरको खोजीमा रहेका विद्यार्थीहरुबीच हिंसात्मक झडप हुँदा उनीहरु घाइते भएका हुन् ।पाकिस्तानबाट सन् १९७१ मा बंगलालेश स्वतन्त्र भएपछि त्यतिबेलका लडाकुका परिवार लगायत विशिष्ट समूहका लागि सुरक्षित गरिएको सरकारी जागिरमा कोटा प्रणाली लागु गरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।

सत्तारुढ दलहरुले भने कोटा प्रणाली लागु नगरेको खण्डमा विद्यार्थीहरुलाई फाइदा पुगेपनि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको सरकार कमजोर हुने जनाएका छन् ।बंगलादेशको सर्वोच्च अदालतले गत हप्ता अस्थायी रूपमा कोटाहरू खारेज गर्न आदेश दिएपनि लागु नभएपछी विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले खारेज नभएसम्म विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । झडपका क्रममा दुबै समुहबीच ढुंगामुढा हुनुका साथै फलामको रड समेत प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू