अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 13:08

चीनमा बालबालिका लक्षित हानिकारक सामग्री तथा सामाजिक सञ्जाल प्रतिबन्ध अभियान शुरु

बिआरटीनेपाल २०८१ असार ३० गते ६:४३ मा प्रकाशित

चीनले बालबालिका लक्षित हानिकारक सामग्री तथा सामाजिक सञ्जालमा प्रतिबन्ध अभियान सञ्चालन गरेको छ । यो अभियानमा सामाजिक सञ्जाल, भिडियो एप गेमिङ र सपिङ प्लेटफर्मलगायतका क्षेत्रमा कडा निगरानी र कडाइ गर्न थालिएको छ । सत्तारूढ कम्युनिस्ट पार्टीले घरेलु वेबलाई कडाइका साथ नियमन गरी अश्लील तथा राजनीतिक रूपमा नकारात्मक मानिने सामग्रीमा सेन्सर नै गर्ने भएको छ । चीनको इन्टरनेट वाचडगले इन्टरनेटमा बालबालिकाको सुरक्षालाई थप प्रभावकारी साथै स्वस्थ, सुरक्षित अनलाइनको वातावरण बनाउने गरी दुई महिनाको ‘क्लियर एन्ड ब्राइट’ अभियान शुर गरेको हो ।

यो अभियानले छोटो–भिडियो, लाइभ स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल, अनलाइन सपिङ प्लेटफर्म, एप स्टोर, बालबच्चाका लागि स्मार्ट उपकरण र नाबालिगका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित अहिले देखिएका प्रमुख समस्याको धेरै समाधान गर्न सहयोग पुग्ने चीनको साइबर स्पेस प्रशासनले उल्लेख गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन सरकारले १८ वर्ष मुनिका बालबालिकाले अनलाइन गेम खेल्ने समय पनि कटौती गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू