अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 12:55

अस्ट्रेलियामा एभियन इन्फ्लुएन्जा निगरानीको लागि कोष घोषणा

बिआरटीनेपाल २०८१ असार ३० गते ५:१९ मा प्रकाशित

अस्ट्रेलिया सरकारले एभियन इन्फ्लुएन्जाको सम्भावित प्रकोपको तयारीलाई बढावा दिन कोषको घोषणा गरेको छ । कृषि, मत्स्य पालन र वन मन्त्री मरे वाटले उच्च रोगजनक एभियन इन्फ्लुएन्जाको सम्भावित आक्रमणबाट उत्पन्न खतराको सामना गर्न ४६ लाख अमेरिकी डलर बराबरको कोष घोषणा गर्नुभएको हो ।

एभियन इन्फ्लुएन्जाले विश्वभर कुखुरा, जङ्गली चराहरू र जङ्गली स्तनपायीहरू मरिरहेका छन् । वाटले अष्ट्रेलियाको जैवसुरक्षा प्रणाली र भुगोलका कारण देशलाई एभियन इन्फ्लुएन्जाबाट मुक्त राखेको तर सतर्कता अपनाउनुपर्ने बताउनुभयो । सरकारले अस्ट्रेलियामा मानव, जनावर र वातावरणीय स्वास्थ्यमा जोखिमहरू पहिचान र न्युनिकरण गर्न सबै किसिमका प्रयास जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू