अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२
| Colorodo: 13:07
उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का सदस्यहरूले युक्रेनलाई संगठनमा आवद्ध गराउने प्रतिवद्धता जनाएका छन् ।अमेरिकामा भएको नेटो सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिएपनि भविष्यको सदस्यताको लागि अपरिवर्तनीय मार्ग तय गर्दै थप सहायताको वाचा गरेको छ । सैन्य गठबन्धनमा सामेल हुने औपचारिक समयसिमामा भने वाशिंगटन डीसीमा भएको शिखर सम्मेलनमा सहमति भएन ।
सैन्य गठबन्धनका ३२ सदस्य मुलुकहरुले रुस विरुद्धको युक्रेनको युद्धमा अटल समर्थन रहेको बताए । नेटोले युक्रेनको सेनासँग थप ऐेक्यबद्धता जनाउँदै ‘एफ्–सिक्सटिन’ लडाकु विमानसहित अत्याधुनिक वायु रक्षा प्रणाली सहयोग गर्ने निर्णय गरेका छन् । नेटोका सदस्य देशहरुले युक्रेनलाई अर्को वर्ष ४३ अर्ब ३० करोड अमेरिकी डलरको सहायता समेत घोषणा गरेका छन् ।