अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 15:12

नेटोको ७५औं वार्षिक सम्मेलन वासिङ्टन डीसीमा सुरु

बिआरटीनेपाल २०८१ असार २७ गते ६:४५ मा प्रकाशित

उत्तर एटलान्टिक सैन्य संगठन नेटोको ७५औं वार्षिक सम्मेलन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आजदेखि सुरु भएको छ ।सम्मेलनमा नेटो सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुदेखि नयाँ सदस्यता लिन ईच्छुक देशका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् ।रुसको निरन्तरको आक्रमणको चपेटामा परेको युक्रेनलाई कसरी मद्धत गर्ने भन्नेदेखि नयाँ सदस्यता वितरणसम्म वैठकका एजेण्डा रहेका छन् । यसै साता प्रधानमन्त्री निर्वाचित बेलायती प्रधानमन्त्री किअर स्टारमर पहिलो पटक नेटो सम्मेलनमा सहभागी भएका छन् भने नेटोको सदस्यता लिने तयारीमा रहेको स्वेडनका प्रधानमन्त्री पनि सम्मेलनमा सहभागी भएका छन् ।

युक्रेनमाथि रुसी हमलापछि सैन्य तटस्थवाद परित्याग गरेको स्वेडेन नेटोको नयाँ सदस्य बन्ने तयारीमा छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई पाँच वटा आधुनिक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने घोषणा गर्नुभयो । नेटोको उद्घाटनका क्रममा बोल्दै बाइडेनले सैन्य गठबन्धन झन् सशक्त बन्दै गएको र यसको महत्व पनि झन बढेको जिकीर पनि गर्नुभयो । युक्रेनमा बढ्दो नागरिक हत्या रोक्नका लागि प्याट्रियोट नामको हवाई प्रतिरक्षा प्रणाली दिने घोषणा गर्दै बाइडेनले त्यसका लागि जर्मनी, इटली, नेदरल्याण्ड्स र रुमानियासंग सहकार्य गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू