अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा चीनले सुरक्षा कवच लगायो

बिआरटीनेपाल २०८१ असार २३ गते ५:१६ मा प्रकाशित

अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा चीनले सुरक्षा कवच अर्थात् खोल लगाएको छ । यसलाई अन्तरिक्ष विज्ञानको इतिहासमा पहिलो अभ्यास मानिएको छ । गएको हप्ता रुसको एउटा पुरानो भूउपग्रह पड्किएको थियो ।त्यसको नजिकै रहेको चीनको स्पेश स्टेशन तियानगाङ्गतिर फोहो आउन थाल्यो । त्यस्तो फोहोर स्टेशनमा लाग्नु अघि नै चीनले स्टेशनको चारैतिर कवच लगाइदियो । यो काम चीनको शेनझोउ–१८ मिशनका दुई अन्तरिक्ष यात्रीहरूले गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेश स्टेशनको तार र पाइपलाइन सुरक्षित राख्ने उदेश्यले दुवै चिनियाँ अन्तरिक्षयात्रीले साढे ६ घण्टा लगाएर चारैतिर सुरक्षा कवच लगाएका थिए । यसैबिच शेनझोउ–१७ अन्तरिक्ष यात्री अन्तरिक्षबाट फर्किएपछि हिजो पत्रकारसँग भेटघाट गरेका छन् । शेनझोउ–१७ चालक दल मिसनका तीन अन्तरिक्ष यात्रीले दुई महिनाअघि अन्तरिक्षबाट फर्किएपछि पहिलो पटक सार्वजनिक रूपमा पत्रकारसँग भेटघाट गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चालक दलका तीन सदस्य ताङ होङ्बो, ताङ सेङ्जी र जियाङ जिनलिन शारीरिक र मानसिकरुपमा स्वस्थ रहेका छन् ।

चीनले सन् २०२३ अक्टोबर २६ तारिखमा शेनझोउ–१७ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो र चालक दल यसवर्ष अप्रिल ३० तारिखमा पृथ्वीमा फर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू