अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

इजरायली सेनाले आफ्ना ३८ हजार नागरिकको हत्या गरेको प्यालेस्टाइनको दाबी

बिआरटीनेपाल २०८१ असार २० गते ६:०० मा प्रकाशित

इजराइली सेना (आइओएफ) ले गाजा पट्टीमा झन्डै ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबरदेखि चलिरहेको युद्धमा अहिलेसम्म आफ्ना ३७ हजार नौ सय २५ जनाको हत्या गरेको प्यालेस्टिनले दाबी गरेको हो ।

यो अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका कतार न्युज एजेन्सीले उल्लेख गरेको छ । आइओएफले गाजा पट्टीमा गएको २४ घण्टामा २५ जना प्यालेस्टिनीको हत्या गरेको छ । यो आक्रमणमा ८१ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीले चेतावनी दिए पनि इजराइली संस्थाले त्यहाँ आक्रमणलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू