अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

भारतको एक धार्मिक कार्यक्रममा भागदौड, ५० भन्दा बढीको मृत्यु

बिआरटीनेपाल २०८१ असार १९ गते ७:५८ मा प्रकाशित

भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ। उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुर मुगलगढी गाउँमा मंगलबार भइरहेको सत्संगमा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएको छ।मृतकको संख्या अझै बढ्न सक्ने समाचारमा आइरहेका छन्। मृतकहरूको शव स्थानीय एउटा अस्पतालमा राखिएको सञ्चारमाध्यमले जनाएका छन्। मृतकको सनाखतको काम पनि भईरहेको छ ।

घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेहरूको उपचारमा शीघ्रता दिन निर्देशन दिएका छन्। यस्तै घटनाको सत्यतथ्य जाँच गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू