अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७
| Colorodo: 20:32
दक्षिण कोरियाको राजधानी सियोलमा एउटा कारले मानिसको भीडमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ ।दक्षिण कोरियाको सियोल सिटी हल नजिकैको एउटा चोकमा ६८ वर्षीय व्यक्तिले चलाएको गाडी ट्राफिक लाइटमा पर्खेर बसेका पैदलयात्रीहरुको भीडमा ठोक्किदा उनीहरुको मृत्यु भएको हो । घटनास्थलमा ६ जनाको र ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
विपरित दिशाबाट आएको अन्य सवारीसाधनहरुमा पनि ठोक्किंदै पैदलयात्रीहरूसम्म पुगेको थियो । घटनालगत्तै कार चालकलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । ती व्यक्तिले नियतबस घटना गरेको हो वा होइन भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।