अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

क्यारिबियन राष्ट्रका विभिन्न ठाउँमा शक्तिशाली आँधीको जोखिम

बिआरटीनेपाल २०८१ असार १८ गते ८:२५ मा प्रकाशित

क्यारिबियन राष्ट्रले त्यहाँका नागरिकलाई आँधीले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सचेत हुन आग्रह गरेका छन् । एटलान्टिक महासागरमा निर्माण भएको यो मौसमकै पहिलो आँधी बेरिल शक्तिशाली र घातक हुनसक्ने भन्दै आपतकालीन समयका लागि तयारी गर्न नागरिकलाई आग्रह गरिएको हो ।

मौसमविदले यो आँधीले अमेरिका, मेक्सिको लगायतका देशका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउने अनुमान गरेका बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार गएको शुक्रवार राति बनेको बेरिल आँधी क्यारेबियनबाट मेक्सिकोको खाडीमा सर्ने क्रममा रहेको छ ।

बेरिल आँधी बार्बाडोस, डोमिनिका, ग्रेनाडा र मार्टिनिकको क्यारेवियन टापुहरुमा पुग्ने सम्भावना छ । नेसनल हुरिकेन सेन्टरका पूर्वानुमानकर्ताहरुले आँधी पुग्ने ठाउँमा आँधीबेहेरीसहित ठूलो पानी पर्ने अनुमान गरेकाले तटीय क्षेत्रका नागरिकलाई सचेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू