अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदै

बिआरटीनेपाल २०८१ असार १७ गते ६:३६ मा प्रकाशित

फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदैछ । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति इमानुयल म्याक्रोले संसद् विघटन गरेर संसदीय चुनावको घोषणा गर्नुभएको हो ।आजदेखी शुरु हुने चुनावको सर्वेक्षणमा पनि राष्ट्रपति म्याक्रोको पाटी पछाडी देखिएको फ्रान्सेली सञ्चारमाध्ययम एनपीआरले जनाएको छ । यो चुनावमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका पाँच सय ७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ ।

संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् । आजको चुनावमा फ्रान्सको मुख्य भूमिमा रहेका सबै पाँच सय ७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसङ्ख्या भएको क्षेत्र र विभागमा मतदान हुनेछ ।

विदेशमा बस्ने फ्रान्सेली नागरिकले पनि आजै चुनावमा मतदान गर्न सक्छन् । दोस्रो चरण अन्तर्गत जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ । जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नेछन् । संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले दुई सय ८९ सिट जित्नुपर्छ । यसअघि सन् २०२२ को जुनमा भएको आम चुनावमा राष्ट्रपती म्याक्रोको पार्टी रेनाइसेन्सले सबैभन्दा धेरै एक सय ७२ सिट जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू