अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

इजरायलको सर्वोच्च अदालतले यहूदी अति–अर्थोडक्सलाई सेनामा भर्ना गर्न आदेश दियो

बिआरटीनेपाल २०८१ असार १६ गते ७:१० मा प्रकाशित

इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ । यो निर्णयले गाजामा युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन सरकारलाई अस्थिर बनाउने आँकलन गरिएको छ ।

सर्वसम्मत निर्णयमा न्यायाधीशहरूले निष्कर्ष निकालेका छन् की यहूदी अल्ट्रा–अर्थोडक्स सेमिनरीका विद्यार्थीहरूलाई दिइएको लामो समयदेखि सैन्य छुटको लागि कुनै कानूनी आधार नरहेको र देशको अनिवार्य सेवा कानूनहरू अल्ट्रा–अर्थोडक्स पुरुषहरूको लागि पनि लागू गरिनुपर्ने बताइएको छ ।

गाजामा इजरायलको करिव नौ महिना लामो युद्धको सन्दर्भमा अदालतले कठिन युद्धमा असमानताको बोझ पहिलेभन्दा बढी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू