अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५ सय ६८ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ असार १४ गते ६:१० मा प्रकाशित

बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन् । स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० जनाको शव ल्याउने गरेको छ । पछिल्लो ६ दिनमा उनीहरूले झन्डै पाँच सय ६८ शव सङ्कलन गरेका बीबीसीले जनाएको छ ।

अस्ति मंगलवार एकैदिन एक सय ४१ जनाको शव ल्याइएको थियो । गर्मी बढेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कराँचीमा अत्यधीक गर्मीसँगै बिजुली कटौतीको समस्या  रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू