अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

जाँडरक्सी खाएर बर्सेनि झन्डै २६ लाख मानिसको ज्यान जाने गरेकाे डब्लुएचओकाे प्रतिवेदन

बिआरटीनेपाल २०८१ असार १३ गते ७:१० मा प्रकाशित

विश्वभर जाँडरक्सी खाएर बर्सेनि झन्डै ३० लाख जना मानिसको ज्यान जाने गरेको पाइएको छ । सन् २०१९ को आँकडा अनुसार २६ लाख जना मानिसको ज्यान जाने जाँडरक्सी खाएका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनमा उल्लेख छ ।पछिल्लो केही वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको डब्लुएचओको भनाइ छ । जाँडरक्सी र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा विभिन्न कारण हुने २० वटा ज्यान जाने घटनामा एक जनाको जाँडरक्सी कारण हुने गरेको बताइएको छ ।

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा जाँडरक्सी खाएका कारण हुने ज्यान जाने उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ । जाँडरक्सीको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्‍याउने र मानसिक स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँने डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताउनुभयो । उहाँका अनुसार सन् २०१० पछि विश्वभरमा जाँडरक्सीको खपत र सम्बन्धित हानीमा केही कमी आएको छ । तर यसको प्रयोगमा अझै नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू