अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सीबीआईले अदालतबाटै पक्राउ गर्‍याे

बिआरटीनेपाल २०८१ असार १३ गते ७:०९ मा प्रकाशित

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाटै पक्राउ गरेको छ । गएको मार्च २१ तारिखदेखि प्रवर्तन निर्देशनालय (ईडी) को न्यायिक हिरासतमा रहेका केजरीवाललाई आज सीबीआईले पक्राउ गरेको हो ।

सीबीआईले गए राति नै जाँड–रक्सीसम्बन्धी नीतिमा परिवर्तन गरी अन्तःशुल्कसम्बन्धी अनियमितता गरेको आरोपमा केजरीवालको बयान रेकर्ड गराएको थियो । त्यसपछि अदालतमा उपस्थित गराइएका केजरीवाललाई थप सोधपुछ गर्न न्यायाधीशले अनुमति दिएपछि सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि हिजो दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ । योसँगै ईडीकाे न्यायिक हिरासतमै रहेका केजरीवाललाई सीबीआईले पक्राउ गरेको हो । अब उनलाई सीबीआईले हिरासतमा राखेर अनुसन्धान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू