अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

कर बढाउने विधेयकविरुद्ध केन्यामा प्रदर्शन

बिआरटीनेपाल २०८१ असार १३ गते ७:०६ मा प्रकाशित

पूर्वी अफ्रिकी मुलुक केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारी माथि प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । करवृद्धिको विरुद्धमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु प्रहरीको घेरा तोडी संसद भवन प्रवेश गर्ने क्रममा प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो । घटनामा दर्जनौं घाइते भएका छन् । प्रदर्शनकारीहरुलेै संसद भवनको केही भागमा आगजनी समेत गरेका छन् ।

आर्थिक संकटको सामना गरिरहेका बेला केन्या सरकारले कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै प्रदर्शनकारीहरूले विरोध गरेका हुन् । संसदमा उक्त कानुन पेस हुँदै गर्दा यसको विरोधमा आक्रोशित भीड संसद भवन प्रवेश गर्न खोजेका हुन् । सुरूमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गर्दा भीड नियन्त्रण हुन नसकेपछि गोली चलाएको हो ।

प्रदर्शनकारीहरूलाई प्रहरीले अन्ततः संसद भवनबाट बाहिर निकालेको र सांसदहरूलाई पनि भूमिगत सुरूङमार्फत उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यही तनावग्रस्त अवस्थाका बीच सांसदहरूले कर वृद्धि गर्ने कानुन पारित गरेका छन् भने यो विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू