अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

विकिलिक्सका संस्थापक जुलियन असान्ज ५ वर्षपछि जेलमुक्त

बिआरटीनेपाल २०८१ असार १२ गते ५:५० मा प्रकाशित

विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट छुट्नुभएको छ । एक वर्ष लामो कानुनी लडाइपछि अमेरिकी प्रशासनसँग सम्झौता भएर जुलियन जेलबाट छुट्नुभएको हो । अदालतको पत्र अनुसार जुलियन आफ्नै देश अष्ट्रेलिया फर्किनुहुनेछ ।

जुलियनले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाड्नुभएको हो । अमेरिकासँग गरेको सम्झौताको जानकारी भने अहिलेसम्म बाहिर नआएको बीबीसीले जनाएको छ । ५२ वर्षीय जुलियनलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो ।

अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो । जुलियन अमेरिकामा सुपुर्दगीको मुद्दामा पनि आन्तरिक रूपमा लडिरहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू