अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

ब्याट्री प्लान्टमा आगलागी हुँदा दक्षिण कोरियामा २२ को ज्यान गुम्यो

बिआरटीनेपाल २०८१ असार ११ गते ६:३० मा प्रकाशित
 दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा सोमबार भएको विस्फोटनमा परी २२ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने अधिकांश चिनियाँ नागरिक छन्। दक्षिण कोरियाको ह्वासेओङमा ब्याट्री निर्माता कम्पनी एरिसेलमा भएको दुर्घटनामा अधिकांश चिनियाँ नागरिको ज्यान गुमेको छ। घटनमा १८ चिनियाँ नागरिक र १ लाओसी नागरिकको ज्यान गुमेको हो।
ज्यान गुमाउने अन्यको राष्ट्रियता खुलिसकेको छैन। सोमबार बिहान १०:३१ मा उक्त दुर्घटना भएको हो। धेरैवटा ब्याट्रीहरु विस्फोट भएर उक्त भयानक दुर्घटना भएको हो।  रोयटर्सका अनुसार घटनामा ज्यान गुमाएका ६ वटा शव निकालिसकिएको छ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू