अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 01:48

भारतको तमिलनाडुमा विषाक्त रक्सी खाएर २५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ असार ७ गते ६:१५ मा प्रकाशित

भारतको तमिलनाडु राज्यमा विषाक्त रक्सी खाएर एकैदिन २५ जनाको ज्यान गएको छ । तमिलनाडुको कल्लाकुरिचीमा गए राति भएको घटनामा अरू ६० जनाभन्दा धेरै बिरामी भएका छन् ।

प्रहरीले झन्डै दुई सय लिटर विषाक्त रक्सीसहित एक जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो दैनिक ज्यालादारी मजदुर छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू