अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२०
| Colorodo: 01:35
एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हुन सफल भएको छ । यसको सेयर मंगलबार अहिलेसम्मकै उच्च भएका कारण उक्त कम्पनी विश्वकै सबैभन्दा मूल्यवान बन्न सफल भएको हो । कम्पनीको स्टक ट्रेडिङ मंगलबार करिब १३६ डलरमा टुंगिएको थियो । जसले ३ दशमलब ५ प्रतिशतले माइक्रोसफ्टभन्दा उक्त कम्पनीलाई मूल्यवान बनाएको थियो । यो महिनाको सुरुमा नै यसले एप्पललाई उछिनेको थियो ।
एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स९एआई०लाई आवश्यक पर्ने सफ्टवेयरका लागि कम्प्युटर चिप्स बनाउने गरेको छ । यसले गर्दा यसका उत्पादनहरूको माग बढेपछि पछिल्ला केही वर्षमा यसले नाफा कमाउन सफल भएको हो । धेरै लगानीकर्ताहरूले यसबाट हुने कमाइ अझ बढ्ने विश्वास लिएका छन् । त्यसैले यसको सेयर उकालो लागेको हो । यद्यपि, कतिपयले यसको ‘स्काइ–हाइ भ्यालुएसन’मा प्रश्न उठाएका छन् ।