अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 06:56

भारतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि जित्ने सम्भावना प्रबल

बिआरटीनेपाल २०८१ जेठ २१ गते ४:५८ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि चुनाव जित्ने सम्भावना रहेको एक्जिट पोलले देखाएको छ ।भारतमा हालै सम्पन्न सात चरणको निर्वाचनको परिणाम आगामी मंगलबार सार्वजनिक हुनुअघि प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी)लाई आम चुनावमा अग्रस्थानमा रहेको उल्लेख गर्दै मोदीको जीत सुनिश्चित भएको एक्जिट पोलले देखाएको हो ।भारतमा कुनै पनि दल वा गठबन्धनलाई सरकार बनाउन संसदमा २ सय ७२ सिट आवश्यक रहने प्रावधानअन्तर्गत बीजेपी नेतृत्वको गठबन्धन, राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले यो लक्ष्य पार गर्ने एक्जिट पोलको विश्लेषण छ ।

मोदीको पार्टी बीजेपीले करिब दुई तिहाई सिटहरू लिने नजिक रहेको अनुमान गरिएको छ । सात चरणमा सम्पन्न मतदानको नतिजा सार्वजनिक हुनुअघि मोदीले भारतीय जनताले आफनो नेतृेत्वको सरकारलाई मत दिएको उल्लेख गर्दै आफु तेश्रो कार्यकालका लागि पुन निर्वाचित हुने प्रतिक्रिया दिनुभएको छ । मतगणना जारी रहेकै बेला प्रधानमन्त्रीले आफनो जीत हुने विश्वास व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री मोदीले यस चुनावमा जीत हासिल गरेका खण्डमा उहाँका प्रमुख प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धी र विपक्षी दलहरूको गठबन्धनले लामो चुनावी अभियानको क्रममा महत्त्वपूर्ण गति लिने पक्का छ । भारतमा अप्रिल १९ मा शुरु भएको लोकसभाको चुनाव सात चरणमा सम्पन्न भएको थियो ।

यी दुई गठबन्धन बाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ । एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किने निश्चित छ । भारतको इतिहासमा स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू