अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 06:49

श्रीलंकामा बाढी र पहिरोका कारण १४ को मृत्यु

बिआरटीनेपाल २०८१ जेठ २१ गते ४:५९ मा प्रकाशित

श्रीलंकामा मनसुनी आँधीबेहरी सहित आएको बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) का अनुसार राजधानी कोलम्बोनजिकै एकै परिवारका तीन सदस्यसहित केहीको डुबेर मृत्यु भएको हो ।मे महिनाको शुरुदेखि नै मनसुनी वर्षा हुँदा प्रभावित भएको श्रीलंकाका विभिन्न शहरहरु बाढीको डुबानमा परेका छन् । बाढीका कारण हजारौै बिस्थापित हुनुका साथै सयौं सवारीसाधन पनि पुरिएका छन् । बाटो बाटोमा रुख ढलेका कारण सवारी आवागमन ठप्प भएको छ ।

जलवायु परिवर्तनको असरका कारण विनाश निम्तिएको भन्दै मौसमविद्हरुले सबैलाई सचेत तुल्याएका छन् । डिएमसीका अनुसार देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको र मुख्य नदी किनारमा बस्ने मानिसहरूलाई उच्च ठाउँमा जान आग्रह गरीएको छ । यसैबीच श्रीलंका सरकारले थप वर्षाको सम्भावना रहेकाले अर्को सातासम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू