अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 06:49

चीनको अन्तरिक्षयान चन्द्रमाको अदृश्य क्षेत्रमा अवतरण

बिआरटीनेपाल २०८१ जेठ २० गते ४:५२ मा प्रकाशित

चीनले पठाएको अन्तरिक्षयान चन्द्रमाको अदृश्य क्षेत्रमा अवतरण गरेको छ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मे ३ अर्थात् एक महिनाअघि पठाएको ‘चाङ ई–सीक्स’ आज बिहान चन्द्रमामा अवतरण गरेको बीबीसीले जनाएको छ ।यसअघि चन्द्रमाको अदृश्य भागमा कसैले पनि यान पठाएका छैनन् । पृथ्वीले आफ्नो कक्षमा घुम्न लगाउने समय र चन्द्रमा आफ्नो अक्षमा घुम्न लाग्ने समय बराबर हुने भएकोले पृथ्वीबाट चन्द्रमाको एकै भागमात्र देखिन्छ ।

पृथ्वीबाट नदेखिने चन्द्रमाको धेरै भागमा पनि सूर्यको प्रकाश पुग्छ । तर त्यो भागको विस्तृत रहस्य खोतल्न वैज्ञानिक असफल रहँदै आएका छन् । त्यही रहस्य खोज्नका लागि चीनले यान पठाएको हो । चिनियाँ अन्तरिक्ष यानले त्यस भागको भू–सतह तथा माटो र चट्टानको बनोटको प्रकृति विश्लेषण गर्न मद्दत पुर्‍याउने वैज्ञानिकको आशा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू