अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 02:50

युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका ९ वटा बस्ती रुसको कब्जामा

बिआरटीनेपाल २०८१ वैशाख ३१ गते ८:११ मा प्रकाशित

रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका ९ वटा बस्ती कब्जा गरेको छ । पछिल्ला केही दिनदेखि आक्रमण तीव्र बनाइरहेको रुसले नौ वटा बस्ती कब्जा गरेर अहिले खार्किभ नजिकैको उत्तर–पूर्वी सीमावर्ती शहर भोभचान्स्कमा प्रवेश गरेको बीबीसीले जनाएको छ ।युक्रेनले पनि अहिले भोभचान्स्कमा ठूलो लडाइँ चलिरहेको जनाएको छ । यो शहर खार्किभबाट ७४ किलोमिटर टाढा छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा भएको पूर्ण आक्रमणपछि रुसले अहिले छोटो समयमा धेरै युक्रेनी भूमि कब्जा गरेको खबरमा उल्लेख छ ।

भोभचान्स्कबाट हजारौँ नागरिक खार्किभतर्फ भागिरहेका छन् । रुसले खार्किभ नजिकै पुगेर हवाई प्रतिरक्षा प्रणालीसहितको तोपखाना स्थापना गर्ने तयारी गरेको छ । यदि रुसले तोपखाना स्थापना गरेमा युक्रेनका लागि ठूलो खतरा हुनेछ । रुसले अहिले खार्किभ नजिकै पाँच वटा बटालियनका ३० हजार जना सैनिक लडाइँमा खटाएको छ । युक्रेनले भने अब रुसलाई अघि बढ्न नदिने बताउँदै दैनिक एक सय जना रुसी सैनिकको ज्यान गइरहेको दाबी गरेको छ ।

पछिल्ला केही महिनादेखि अमेरिका र युरोपेली देशले युक्रेनलाई सहयोग नदिँदा युक्रेनी सेना कमजोर बन्दै गएको छ । तर भर्खरै मात्र अमेरिकाको संसद्ले युक्रेनका लागि ६१ अर्ब डलर बराबरको सहायता पारित गरेकाले अब युक्रेनले रुसमाथिको आक्रमण बढाउने बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू