अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 03:23

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने

बिआरटीनेपाल २०८० माघ १२ गते ५:५८ मा प्रकाशित

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने भएको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले गुरुत्त्वाकर्षण तरङ्ग अर्थात् अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिक रहेको शुक्र ग्रहको रहस्य पत्ता लगाउनेसहित दुई वटा यान पठाउन फ्रान्सलाई अनुमति दिएको छ ।लेजर इन्टरफेरोमिटर स्पेस एन्टेना(एलआईएसए)अन्तरिक्षबाट गुरुत्त्वाकर्षण तरङ्गहरूको अध्ययन गर्ने पहिलो मिसन बन्ने ईएसएले दाबी गरेको छ । यो रकेटमार्फत् सन् २०३५ मा प्रक्षेपण गर्ने योजना छ । मिसनमा तीन वटा अन्तरिक्ष यानको प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।

यस्तै, ईएसएले आधिकारिकरूपमा अर्को एनभिजन मिसनलाई पनि अनुमति दिएको छ । यो सन् २०३१ मा शुक्र ग्रहतर्फ उड्ने खबरमा उल्लेख छ । मिसनबाट शुक्र ग्रहको इतिहास, भौगोलिक गतिविधि र जलवायुमा नयाँ महत्त्वपूर्ण नयाँ अन्तरदृष्टि प्राप्त गर्ने अपेक्षा गरिएको ईएसएले जनाएको छ । ईएसएका अनुसार यो राडार प्रविधिको प्रयोग गरेर अत्यधिक तातो ग्रहको सतहमुनि प्रत्यक्षरूपमा अनुसन्धान गर्ने पहिलो मिसन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू