अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३
| Colorodo: 09:48
यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ताले हुथीद्वारा सञ्चालित अल–मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा हिजो भएको आक्रमणको जिम्मेवारी लिएको बताएका हुन् ।
उनले हुथी समूहले अब देश विरुद्धको गतिविधिमा सहभागी हुने सबै अमेरिकी र बेलायती जहाजहरू र युद्धपोतहरूलाई आक्रमण गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आफ्नो समूहले थप द्वन्द्व नखोजेको तर अमेरिका बेलायतले लालसागरलाई अझ खतरनाक बनाएको हुथी समूहको आरोप छ । यसैबीच यमनमा बढ्दो हिंसाले शान्ति स्थापनाको प्रयासलाई कमजोर पार्ने खतरा बढेकाे संयुक्त राष्ट्रसङ्घले जनाएकाे छ ।