अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७
| Colorodo: 16:02
इजरायलले गरेको ड्रोन आक्रमणमा परि हमासका उपनेता सालेह अल–अरौरीको ज्यान गएको छ । इजरायलले हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित अन्य ६ जना मारिएको दाबी गरेको छ । हमासको दोस्रो वरियतामा रहेका नेता अरौरीको दक्षिणी बेरुतमा ड्रोन आक्रमणमा परेर ज्यान गएको बीबीसीले जनाएको छ ।
इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल–हमास युद्धमा तान्न खोजेको आरोप लगाउनुभएको छ । इजरायलले भने हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई आक्रामक नहुन आग्रह गरेको छ ।