अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१
| Colorodo: 18:16
संयुक्त अरब इमिरेट्स (यूएई) बाट तीन सय तीन जना भारतीय यात्रु लिएर निकारागुआका लागि उडेको विमान फ्रान्समा अवतरण गराइएको छ । रोमानियाली लिजेन्ड एअरलाइन्सको एअरबस ए–३४० विमान निकारागुआको राजधानी मानागुआगा प्रस्थान गर्दै गरेकोमा फ्रान्समा अवतरण गराइएको बीबीसी हिन्दीले जनाएको छ । चार्टर्ड गरिएको विमानलाई पेरिसभन्दा एक सय ५० किलोमिटर दुरीमा रहेको वेटरी विमानस्थलमा अवतरण गराइएको हो ।
सुरक्षा अधिकारीले विमानमा रहेका केही यात्रुलाई पक्राउ गरेर विमानस्थल नै सिल गरेका थिए । घटनाकाे बारेमा अनुसन्धान भइरहेको पनि फ्रान्सेली अधिकारीले बताएका छन् । पेरिसमा रहेको भारतीय दूतावासले पनि विमान रोकिएको विमानस्थलमा आफ्ना अधिकारी पुगेर घटनाकाे बारेमा अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।