अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४
| Colorodo: 20:49
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सन (कोप–२८) का पक्षहरूको सम्मेलनको २८ औँ सत्र बुधवार सम्पन्न भएको छ । कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरू ऐतिहासिक जलवायु सम्झौतामा सहमत भएको घोषणा गर्नुभयो ।
सम्झौताले जलवायु परिवर्तनसँग जुध्न अनुकुलन, वित्त, लचिलोपन, र जीवाश्म इन्धनलगायतका अन्य उपायहरूका बारेमा उठान गरेको छ ।