अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

जिम्बावेमा खडेरीका कारण कम्तीमा १ सय वटा हात्ती मरे

बिआरटीनेपाल २०८० मंसिर २६ गते ४:४५ मा प्रकाशित

जिम्बावेमा खडेरीका कारण कम्तीमा १ सय वटा हात्ती मरेका छन् । जिम्बावेकाे ह्वान्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा १ सय वटा हात्ती मरेका अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमवार जनाएको छ ।पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार अहिले एल निनाे नामक खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण  झन्डै ४५ हजार हात्तीको बासस्थान रहेको जिम्बावेकाे सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौँ हात्ती मरेका छन् ।

कम्तीमा १ सय वटा हात्ती पानीकै अभावका कारण मरेका कोषले उल्लेख गरेको छ । संस्थाको पार्कमा रहेका १ सय ४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ । खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तु खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य भएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय