अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

कोप– २८ मा सम्झौताको संभावना कमजोर बन्दै

बिआरटीनेपाल २०८० मंसिर २६ गते ४:३५ मा प्रकाशित

दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघको सम्मेलनमा जलवायु वार्ता संकटमा पर्ने देखिएको छ । फोशिल फ्युल अर्थात जिवाश्म इन्धनको प्रयोग घटाउने विषयमा शक्ति राष्ट्रहरुको कुरा नमिल्दा कोप– २८ को उपलब्धी नैं संकटमा पर्नसक्ने अवस्था आएको हो ।पेट्रोल, डिजेल, मट्टीतेललगायतका जिवाश्म इन्धनको प्रयोग उच्च दरमा घटाउनेबारे सहभागि मुलुकहरुबिच कुरा बाझिएको हो ।

प्रस्तावित मस्यौदा सम्झौतालाई केही देशहरुले अत्यन्तै कमजोर भनिरहेका छन् । शिखर सम्मेलनमा महत्वपूर्ण सम्झौता हुन सहभागि सबै १९८ देशहरू सहमत हुनुपर्छ । एउटा मात्रै मुलुकले असहमति जनाएको अवस्थामा पनि सम्झौता हुन सक्दैन । जीवाश्म इन्धनको प्रयोगले विश्वमा ग्लोबल वार्मिङलाई बढाइरहेको र लाखौं जीवनलाई जोखिममा पारिरहेकोले यसको नियन्त्रणमा महवपूर्ण सम्झौता हुनुपर्ने केही मुलुकको प्रस्ताव छ । जलिरहेको तेल, कोइला र ग्यासबाट हुने हरितगृह ग्यास उत्सर्जनका बारेमा के गर्ने भन्ने प्रश्नमा मतभेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय