अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 04:30

गाजाको अस्पतालको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०८० मंसिर ४ गते ५:३९ मा प्रकाशित

हमासले अक्टोबर ७ तारिखमा इजरायलमाथि गरेको हमलापछि बन्धक बनाइएकामध्ये केहीलाई गाजाको अल शिफा अस्पताल लगेको इजरायलले दाबी गरेको छ । अस्पतालको सिसिटिभी भिडियो सार्वजनिक गर्दै इजरायलले यस्तो दाबी गरेको हो । अस्पताल ल्याइएकामध्ये एक १९ वर्षीय सिपाहीलाई अस्पतालभित्रै हत्या गरिएको जिकिर इजरायली सेनाको छ ।

हमासले उक्त सिसिटिभी भिडियोको आधिकारिकताबारे प्रश्न उठाएको छ भने बिबिसीले पनि भिडियोबारे आफुहरुले पुष्टी गर्न नसक्ने बताएका छन् । तर इजरायलले भने भिडियोमा देखिएका इजरायली नागरिकको पहिचान खुलाउँदै अस्पताललाई हमासले अखडा बनाएको यो बलियो प्रमाण भएको जिकिर गरेको हो ।

इजरायली डिफेन्स फोर्स आएडीएफले अल शिफा अस्पताल परिसरमा हमासको सुरुङ फेला पर्नुका साथै भारी मात्रामा हतियार पनि बरामद गरेको जनाएको छ । १० मिटर गहिरो उक्त सुरुङको निकासतर्फ भने पर्खाल लगाइएको भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू